१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

'मिस लिटिल नेवाः'को उपाधि आर्या श्रेष्ठलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:o२:oo

नेवार बालिका तथा किशोरीहरूको सौन्दर्य प्रतियोगिता मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि सामाखुसीकी १० वर्षिया आर्या श्रेष्ठले जितेकी छिन्। नेप्लिज फेसन होमले जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरेको प्रतियोगितामा आर्याले मुख्य उपाधिका साथ फोटोजेनिक र पब्लिक च्वाइसको उपाधिसमेत चुम्न सफल भइन्।

उपाधिसँगै उनले नगद २५ हजार रुपैयाँ हात पारेकी छिन्। १३औँ संस्करणको उक्त प्रतियोगितामा प्रनिधी मानन्धर फस्ट रनर्सअपका साथमा सोसियल वेलफेयर एम्बेस्डर चिफ, रिकृष्ना डंगोल सेकेन्ड रनर्सअप र नयना शाक्यले मिस ट्यालेन्ट उपाधि पाएकी छिन्।

यसैगरी, सिचु मानन्धर मिस ट्यालेन्ट फस्ट रनर्सअप र सारिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेन्ड रनर्सअपका साथमा वेस्ट स्माइल चुनिएका छन्। फस्ट र सेकेन्ड रनर्सअपका विजेतलाई क्रमश १५ र १० हजार रुपैयाँ प्रदान गरिएको थियो।

 

ad
ad