टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ६ बिहीबार
  • Thursday, 20 January, 2022
२०७८ कार्तिक २८ आइतबार ०८:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कुर्सीका लागि एकता  हुँदैन : विप्लव

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २८ आइतबार ०८:०१:००

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पद र सत्ताका लागि मात्र कम्युनिस्टहरूसँग एकता गर्न नसकिने बताएका छन् । धनगढीमा दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले विचार र मुद्दाका आधार भने एकता सम्भव भएको बताए । 

‘अहिलेको संसदीय व्यवस्था मानेर मन्त्री खान, मुख्यमन्त्री खान, कुर्सीका लागि एकता हुँदैन,’ उनले भने, ‘अहिलेको संसदीय व्यवस्था खारेज गर्न सहमत भए एकताका लागि तयार छौँ,’ उनले भने । उनले सबै कम्युनिस्ट एकै ठाउँमा आऊन् भन्ने आफ्नो पनि चाहना रहेको भन्दै वर्तमान संविधान खारेज गरी कार्यकारी राष्ट्रपतीय शासन प्रणाली लागू हुनुपर्ने धारणा राखे । 

निमुखा जनता र राष्ट्रको पक्षमा बोल्दा विगतमा कम्युनिस्टलाई कम्युनिस्ट पार्टीले नै प्रतिबन्ध लगाएको भन्दै दुःख व्यक्त गरे । उनले अहिले सत्तामा रहेकाले नै दलितमाथि विभेद गरेको दाबी गरे । सम्मेलन सुरु हुनुअघि धनगढीमा प्रदर्शन गरिएको थियो । २९ कात्तिकसम्म हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।