मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज ३ शुक्रबार ११:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशव्यापी पुनर्निर्माणको काममा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार ११:३४:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशव्यापी पुनर्निर्माणको काममा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले भदौ २३ र २४ गते भएका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे । भदौ २३ को आन्दोलन वास्तविक जेन–जी आन्दोलन  भएको र २४ गते आन्दोलनले अर्कै रूप लिएको उल्लेख गरे । 

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हुने भन्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य भएको उल्लेख गरे। उनले देशमा लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबिच एकता आवश्यक रहेकाे औँल्याए । जेन–जी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गरे ।