मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Friday, 14 August, 2026
२o७८ कार्तिक २६ शुक्रबार १९:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिष्ठानको बेथितिबारे छानबिन समितिको प्रतिवेदन : सिनेट बैठकबाट पदाधिकारीलाई कारबाही गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २६ शुक्रबार १९:१६:oo

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूको विषयमा अध्ययन गर्न गठित छानबिन समितिले प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार प्रतिवेदन बुझाएको छ।

छानबिन समितिका संयोजक सहकुलपति एवं स्वास्थ्यमन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा.रोशन पोख्रेल र धरानका मेयर तिलक राईले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन बुझाएका हुन्। कुलपति देउवाले गत कात्तिक ५ गते २१ दिनको समय तोकेर छानबिन समिति गठन गरेका थिए। प्रतिष्ठानका सिनेट सदस्यसमेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रधानमन्त्रीले दिएको निर्देशनअनुसार गठित छानबिन समितिले प्रतिवेदन बुझाएको जानकारी दिए।

 प्रतिष्ठानका बहालवाला उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ। मेयर राईले अब चाँडै सिनेटको बैठक बोलाएर कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।यस्तै, मेयर राईले प्रा.डा.मोहनचन्द्र रेग्मीले प्रष्ठिानको रजिस्ट्रारबाट राजीनामा दिइसके पनि उनको कार्यकालमा भएका खरिदलगायत कुराको थप आवश्यक छानबिन गरी कारबाही गर्न सिफारिस गरिएको जानकारी दिए।

प्रतिवेदन बुझाउँदै स्वास्थ्यमन्त्री खतिवडाले प्रतिष्ठानमा पुगेर पदाधिकारी, आन्दोलनरत चिकित्सक, शिक्षक, विद्यार्थी, नागरिक समाजलगायतसँग छलफल गरेर प्रतिवेदन बनाइएको बताए। ‘प्रतिवेदनमा तीनजना पदाधिकारीहरूलाई स्पष्टीकरण बुझाउने अवसर दिएको छ। नियमवालीअनुसार ५÷७ दिनको अवधि दिएर सिनेट बैठक बोलाइनेछ र त्यहाँबाट पदाधिकारीलाई कारबाही गरिनेछ,’ मन्त्री खतिवडाले भने । केही न केही समस्या भएरै छानबिन समिति बनेकाले हालका पदाधिकारी कारबाहीको दायरामा आउने उनको भनाइ छ ।