१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक २६ शुक्रबार १७:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले छोडेर समाजवादी पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ : माधव नेपाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक २६ शुक्रबार १७:३६:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरूको लहर नै चलेको दाबी गरेका छन्।  शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उनले उत्साहजनक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको सिलासिला नै चलेको बताएका हुन्।  

अध्यक्ष नेपालले डडेल्धुरामा हालसालै एमालेको सिंगो जिल्ला कमिटी नै आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको प्रतिक्रियासमेत दिए। उनले अन्य पार्टी पनि आफ्नो पार्टीमा एकताबद्ध भएर अघि बढ्ने विषयमा छलफल भइरहेको बताए। अध्यक्ष नेपालले केपी ओली गुटले पार्टीविरुद्ध झुटा प्रचार गरिरहेको भन्दै त्यसका विरुद्धमा चोटिलो प्रहार गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, ‘नेकपा एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गर्ने सिलसिला चलेको छ। उत्साहजनक पनि छ। उदाहरणको निम्ति डडेल्धुरा जिल्ला, त्यहाँ झन्डैझन्डै सबै जिल्ला कमिटी नै एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गरेको छ। बेग्लै किसिमको उत्साह पैदा गरेको छ। तरंग पैदा गरेको छ। तर यति हुँदाहुँदै पनि हाम्रो विपक्षमा केपी गुट पूरै लागि परेको छ  र उसले अनावश्यक आरोप लगाइरहेको छ। झुटा प्रचार गरिरहेको छ। यसको सशक्त प्रतिकार गर्ने कुरालाई अझै चोटिलो र धारिलो बनाउनुपर्नेछ।’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने बताए। उनले राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनमा सत्तारुढ दलहरूले मिलेर उम्मेदवारी दिने सहमति गरिएको पनि बताए। सत्तारुढ गठबन्धनलाई तोड्न नदिनका लागि आफूहरूले सत्तारुढ दलबीच समन्वय समिति बनाउनुपरेको पनि उनले स्पष्ट पारे। अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनबीच बनेको समन्वय समितिले सरकारको काममा कुनै हस्तक्षेप नगर्ने बताए। अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।