१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस
२o८१ बैशाख २१ शुक्रबार १८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बेलायतमा  दैनिक ४० हजार नयाँ संक्रमित

Read Time : < 1 मिनेट
२o८१ बैशाख २१ शुक्रबार १८:o८:oo

बेलायतमा अझै पनि दैनिक झन्डै ४० हजार मानिस कोरोना भाइरसबाट संक्रमित हुने गरेका छन्। सरकारी अधिकारीहरूले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका छन्। सोही अवधिमा २१४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। 

योसँगै बेलायतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कुल संख्या एक लाख ४२ हजार ३३८ पुगेको छ। संक्रमित भएकामध्ये आठ हजार ८५९ जना अस्पतालमा रहेका छन्। संक्रमित अवस्थामै रहेका अरू भने होम आइसोलेसनमै रहेको जनाइएको छ। देशभरिका १२ वर्षमाथिका ८७ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेको बताइएको छ। त्यसैगरी खोप लगाउन मिल्ने कुल जनसंख्याको ७९ प्रतिशतले कोरोना भाइरसविरुद्धको दुवै खोप लगाएका छन्। 

सरकारी अधिकारीहरूका अनुसार १९ प्रतिशतभन्दा बढी मानिसले तेस्रो खोप अर्थात् अतिरिक्त खोप पनि लगाएका छन्। दैनिक यति ठूलो संख्यामा मानिसहरू संक्रमित भएको देखिए पनि बेलायतको दैनिक जीवनअहिले सामान्य नै रहेको छ।

ad
ad