टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ६ बिहीबार
  • Thursday, 20 January, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २५ बिहीबार १७:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्तारुढ दलका विद्यार्थी संगठन पनि इन्धनको मूल्यवृद्धिको विरोधमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २५ बिहीबार १७:११:००

इन्धनको मूल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले संघर्ष गर्ने भएका छन्। ६ विद्यार्थी संगठनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन समेत माग गरेका छन्।

ज्ञापन पत्र बुझाउनेमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह,एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली,जसपा निकट समाजवादी विद्यार्थी संघका अध्यक्ष रुपनारायण श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल,नेकपा निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौका देवेन्द्र कुवर रहेका छन्।

'नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैयाँ, डिजलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ, हवाई ईन्धनमा ५ रुपैयाँ र एलापी ग्यासमा ७५ रुपैयाँ मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकता प्रति गैरजिम्मेवार बनेको तथ्य प्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,'६ विद्यार्थी संघले ज्ञापन पत्रमा भनेका छन्', ‘मूल्य समायोजन भन्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा वढाउने तर घट्दा नघटाई आयल निगम लगायतका सरकारी निकायहले चुहावट नियन्त्रण नगरि जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्य वृद्धि गर्दै आफ्ना निकाय र भ्रष्ट कर्मचारीको मनोमानिलाई लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक-पटक मूल्य वृद्धि गर्ने कदमप्रति संयुक्त विद्यार्थी संगठन खेद व्यक्त गर्न चाहन्छ।'

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कार्तिक २६ गते बिहान ९-११ बजे आयल निगमका महाप्रबन्धक लगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ गर्ने कार्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २.०० बजे खालि सिलिन्डर प्रदर्शन गर्ने चेतावनी विद्यार्थी संगठनहरुले दिएका छन्।त्यस्तै कार्तिक ३० गते देशभर आयलनिगमको कार्यलयमा कालो ब्यानर राखि बिरोध गर्ने र मङ्सिर २ गते २ बजे माइतीघर मण्डलामा सडक बहस गर्ने उनीहरुले जनाएका छन्।