१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशको एकल इजलाससहित सबैखाले मुद्दामा पेसी तोकियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३o:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि सबैखाले मुद्दाको पेसी तोकेका छन्। आजका लागि सर्वोच्च अदालतमा नाै इजलास तोकिएको छ। जसमा प्रधानन्यायाधीश जबराको एकल इजलाससहित तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास छन्। आजका लागि एक सय ७७ मुद्दाको पेसी तोकिएको छ। 

नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ। असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने निर्णय गरेका छन् । यसबीच प्रधानन्यायाधीश जबराले आफ्ना लागि बेन्च र सबैखाले मुद्दामा पेसी तोक्दै आएका छन्।

ad
ad