१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका वीरेन्द्रनगर
Invalid date format १४:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालिकोटको लार्फा गाउँमा खानेपानी अभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
Invalid date format १४:३८:oo

कालिकोटको पलाँता गाउँपालिका– २ लार्फा गाउँमा पानीको चरम अभाव भएको छ। हिउँदे मौसम सुरु हुनै लाग्दा लार्फा गाउँमा खानेपानीको चरम अभाव सुरु भएको हो।

हिउँदे मौसममा सधैँ गाउँमा खानेपानीको अभाव हुने गरेको भए पनि अहिलेसम्म कसैले चासो नदिँदा समस्या समधान नभएको स्थानीय अमनी विश्वकर्माले बताइन्। ‘लामो समयदेखि हाम्रो गाउँमा खानेपानीको समस्या हुँदै आएको छ,’ उनले भनिन्, ‘नजिकै भएका खानेपानीका धारा हिउँदयाममा सुक्ने भएकाले खानेपानीको समस्या अहिलेसम्म समाधान हुन सकेको छैन।’ गाउँका सबैका लागि खानेपानीको एउटा मात्र धारा भएकाले पानी भर्नका लागि बिहानैदेखि लाइन लागेर पालो कुर्नुपर्ने बाध्यता रहेको विश्वकर्माले बताइन्। पालो मिचिएमा झगडासमेत हुने गरेको छ। ‘खानेपानीको अभावमा सधैँ गाउँमा झगडा हुने गरेको छ,’ उनले भनिन्, ‘खानेपानी अभाव पनि गाउँको कलहको विषय बन्दोरहेछ।’

स्थानीय सरकार आउँदा पनि खानेपानीको विषयमा कसैले चासो नदिएको स्थानीय जितन विक बताउँछन्। ‘हामीलाई गाउँमा खानेपानी भएको भए केही चाहिँदैन थियो,’ उनले भने, ‘खानेपानी भर्नका लागि पालो कुर्दा दिन नै बित्ने गरेको छ।’

लार्फा गाउँमा अहिले गाउँपालिका र गैरसरकारी संस्था हुरुन्डेक नेपालले खानेपानीका लागि काम गरिरहेको वडाध्यक्ष बिरी विकले बताए। ‘अबको एक महिनाभित्र गाउँमा खानेपानीको धारा जडान हुन्छ,’ उनले भने, ‘लार्फा गाउँका एक घरमा एक धारा निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ ।’

गाउँमा एक घर एक खानेपानीको धारा निर्माण भए लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका लार्फा गाउँवासीको समस्या समाधान हुने वडाध्यक्षले विकले बताए। ‘त्यो गाउँमा विगत लामो समयदेखि खानेपानीको चरम अभाव हुने गाउँ हो,’ उनले भने, ‘त्यो समस्या समाधान गर्नका लागि स्थानीय सरकारले काम गरेको छ । चाँडै समस्या समाधान हुन्छ ।’