१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक २३ मंगलबार १०:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशले तोके सबैखाले मुद्दाको पेसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक २३ मंगलबार १०:५१:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि बन्दी प्रत्यक्षीकरणसहितका सबैखाले मुद्दामा पेसी तोकेका छन्। आजका लागि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबराको एकल इजलाससहित नाै संयुक्त इजलासमा दुई सय ९८ मुद्दाको सुनुवाइ तोकिएको छ।

आन्दोलनरत न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने निर्णय गरेको भोलिपल्ट जबराले सबै मुद्दामाथि सुनुवाइ तोकेका हुन्। नेपाल बारले समेत प्रधानन्यायाधीशलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ। तर, जबराले केही दिन आफ्नो लागि इजलास तोकेका थिएनन्। 

सोमबार उनले आफूसहितको संयुक्त इजलास गठन गरेका थिए। तर, न्यायाधीशले उनीसँगको इजलास बहिष्कार गरेपछि प्रधानन्यायाधीशले आफ्ना लागि तोकेको इजलास रोकिएको थियो।