मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २१ आइतबार
  • Thursday, 10 July, 2025
एजेन्सी
२o७८ कार्तिक २१ आइतबार १o:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इराकको प्रधानमन्त्रीनिवासमा ड्रोन हमला

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ कार्तिक २१ आइतबार १o:o२:oo

इराकका प्रधानमन्त्री मुस्तफा अल-कदिमीको निवासमा ड्रोन हमला भएको छ। आइतबार बिहान प्रधानमन्त्रीनिवासमा विस्फोटक ड्रोन हमला भएको रोयटर्सले जनाएको छ। इराकी प्रधानमन्त्रीको हत्या योजनाका साथ ड्रोन हमला भएको इराकी सेनाले बताएको छ। प्रधानमन्त्री मुस्तफा सुरक्षित रहेको सेनाले जनाएको छ।

इराकको राजधानी बग्दादको ग्रिनजोन क्षेत्रमा यो हमला भएको थियो। हमलापछि प्रधानमन्त्री मुस्तफा अल-कदिमीले ट्विट गर्दै स्थितिलाई नियन्त्रण गर्दै शान्ति कायम गर्न अपिल गरेका छन्। अहिलेसम्म हमलाको जिम्मेवारी कसैले लिएको छैन। पछिल्ला केही दिनदेखि ग्रसनजोनमा सरकारको विरोधमा प्रदर्शन भइरहेको छ।