मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
रासस न्युयोर्क
Invalid date format १३:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोरोनाबाट विश्वमा ५० लाखभन्दा बढीको मृत्यु, सबैलाई खोप उपलब्ध गराउन राष्ट्रसंघको आग्रह

Read Time : < 1 मिनेट
रासस न्युयोर्क
नयाँ पत्रिका न्युयोर्क
Invalid date format १३:४३:oo

विश्वमा कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको बताइएको छ। गएको करिब दुई वर्षयता यो भाइरसको प्रकोप सुरु भएको थियो। त्यसैले यस्तो अवस्थामा विश्वका नागरिकलाई यस भाइरसविरुद्धको खोप सहज र सुलभ रूपमा उपलब्ध हुनुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरण समान नहुँदा संसारका नागरिकले ज्यान गुमाउनुपरेको बताए। उनले भने, ‘विश्वका धनी भनिएका देशहरूले कोरोना भाइरसको तेस्रो मात्रा लगाउने तयारी गर्दै छन्। तैपनि यहाँ अफ्रिकामा भने पाँच प्रतिशत मात्र नागरिकहरूले पूर्ण खोप लिएका छन्।’ उनले यो संसारकै लागि लाजमर्दो अवस्था भएको बताए।

उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरूले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिए। महासचिव गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसविरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिरहेका देशहरूलाई विशेषगरी खोपको समानतामा काम गर्न आग्रह गरे। गुटेर्रेसले भने, ‘म विश्वका धनी देशहरूलाई यो आग्रह गर्दछु कि खोप यो महामारीविरुद्धको एक मात्र उपाय भएकाले यसमा सबैको पहुँच पुर्‍याउन सकियोस्।’

उनले अहिले खोप धनी र मध्यम वर्गीय देशहरूमा पुगे पनि गरिब तथा तेस्रो विश्वमा पुग्न नसकेको बताए। यस्तो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउन र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोप उपलब्ध गराउन उनले आग्रह गरेका छन्।