१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

सरुभक्तलाई मुक्तक सागर सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:५३:oo

साहित्यकार एवं नाटककार प्राज्ञ सरुभक्तलाई ‘मुक्तक सागर सम्मान’बाट सम्मान गरिएको छ । मुक्तकको उत्थान र विकासमा क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्त रूपमा उनलाई सम्मान गरेका हुन् ।

पोखरामा आयोजित मुक्तक विमर्श एवं स्रष्टा सम्मान कार्यक्रममा मुक्तक सागरका तर्फबाट पत्रिकाकी सम्पादक निशा केसीले सम्मान सरुभक्तलाई गरेकी थिइन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका स्रष्टा सरुभक्तले मुक्तकसम्बन्धी विस्तृत विमर्श गर्ने समय आइसकेको बताए । उनले मुक्तकको उन्नयन र विकासमा मुक्तक सागर साहित्यिक त्रैमासिक पत्रिकाले खेलेको भूमिकाको चर्चासमेत गरे । पोखराको साहित्य, संगीत र नाटकको विकासका लागि आफूले सक्दो पहल गर्दै आएको उनले बताए ।

कवि रमेश श्रेष्ठले सरुभक्तको मुक्तक र साहित्यिक योगदानबारे कार्यक्रममा प्रकाश पारेका थिए । कार्यक्रममा अल्पविराम, वसन्त गौतम, ईश्वरमणि अधिकारी, भूमिराज बस्ताकोटी, दीपक समीप, रुपिन्द्र प्रभावी, शीतल गिरी, कपिल शर्मा, गीता तिवारी, अम्बिका भण्डारी, कृष्ण सुवेदी, सरोज पौडेल, अमृता पोखरेल, शंकर ज्ञावलीलगायतले आ–आफ्नो मुक्तक वाचन गरेका थिए । 

ad
ad