मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १५ सोमबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १५ सोमबार १९:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिड–१९ पुनः संक्रमण हुन नदिन अपनाउने रणनीतिबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १५ सोमबार १९:o१:oo

केन्द्रीय सुरक्षा समितिमा कोभिड–१९ पुनः संक्रमण हुन नदिन अपनाउने रणनीतिबारे छलफल भएको छ। कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता र अन्य चार मन्त्रीको सहभागितामा समितिको बैठक गृह मन्त्रालयमा बसेको हो । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, परराष्ट्रमन्त्री डा. नारायण खड्का, रक्षामन्त्री डा. मीनेन्द्र रिजाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, मुख्य सचिव शंकरदाश बैरागी सम्बन्धित मन्त्रालयका सचिव, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत गणेश अधिकारीसहितको बैठक मुख्यतया कोभिड–१९ पुनः संक्रमण हुन नदिन के– कस्ता सुरक्षा रणनीति अपनाउने भन्ने विषयमा केन्द्रित थियो। 

छलफलको क्रममा बैठकमा सहभागी मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा कार्यक्रम तयार गरी व्यवस्थित रूपमा कोभिडको संक्रमण नियन्त्रण गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। 

‘कोभिड–१९ को संक्रमण पुनः बढ्न नदिन यससँग सम्बन्धित मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूसँग कार्यवाहक प्रधानमन्त्रीज्यूले छलफल गर्नु भएको हो,’ पोखरेलले भने, ‘बैठकमा चाडबाडको मुखमा भिडभाड बढ्ने र भिडका कारण कोभिडको संक्रमण बढ्न सक्ने अवस्थाबारे छलफल भएको छ ।’ 


बैठकमा नेपालमा चाडबाडका समयमा हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई कार्यबाहक प्रधानमन्त्री खाणले आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका थिए । उनले सरकारको प्रमुख दायित्व नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ ध्यान दिन पनि निर्देशन दिएका थिए।