१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल फोटो
२o८१ बैशाख २१ शुक्रबार १७:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लयमा फर्कंदै नाटकघर र पार्टी प्यालेस, अझै खाली सिनेमा हल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:५७:oo

कोरोना महामारीका कारण धरापमा परेका नाटकघर र पार्टी प्यालेस लयमा फर्कन थालेका छन्। कोरोना संक्रमण दर बढ्ने भन्दै सरकारले लामो समय यी क्षेत्रलाई बन्द गरेको थियो। गत भदौदेखि सरकारले निषेधाज्ञा तोडेपछि संकटमा परेका यी व्यवसायमा चहलपहल बढ्न थालेको छ। कोरोना महामारीलाई ध्यानमा राख्दै सरकारले ०७६ चैत्र ११ गतेदेखि बजार ठप्प पारेको थियो। त्यसयता सिनेमा हल, होटेल र पार्टी प्यालेस खोल्न बन्देज नै लगाइयो। कोरोना संक्रमणअघि अत्यासलाग्दो भिडभाड देखिने यी क्षेत्रलाई व्यवसायीहरूले लाखौँ घाटा सहेर बन्द गर्न बाध्य भए।

कोरोना महामारीकै बीच सरकारले निषेधाज्ञा खुकुलो पारेको वेला भने कफी सप र रेस्टुरेन्टहरूमा भिडभाड बढेको थियो। तर, पार्टी प्यालेस, नाटकघर र सिनेमा हल भने बन्द नै रहे। सरकारले निषेधाज्ञा हटाएपछि होटेल व्यवसाय र नाटकघर खुल्न थालेका छन्। सिनेमा हल खुले पनि दर्शकको उपस्थिति निकै कम छ। नाटकघरमा पुग्ने दर्शकको संख्या भने बिस्तारै बढ्न थालेको छ।

शिल्पी थिएटरका घिमिरे युवराजले कोरोना संक्रमणको कारण लामो समय बन्द रहेका नाटकघरहरूमा चहलपहल बढेको बताए। एउटा नाटक मञ्चन हुँदा चारपाँच सय दर्शकहरू उपस्थित हुने गरेको उनी बताउँछन्। ‘अहिले हामीले नाटकघरमा मात्रै नाटक प्रर्दशन गरेका छैनौँ। सडक तथा गाउँगाउँ पुगेर पनि समसामयिक विषयमा नाटकहरू मञ्चन गर्दै आइरहेका छौँ,’ उनले भने, ‘जेहोस् दर्शकहरूको उपस्थिति सन्तोषजनक नै छ।’ उनका अनुसार निषेधाज्ञा खुलेसँगै उपत्यकाभित्रका नाटकघरहरूमा मात्र २५ वटाभन्दा बढी नाटक मञ्चन भएका छन्। तिहारपछि नाटकघरबाटै दैनिक नाटकहरू प्रदर्शन गरिने उनको भनाइ छ।

सर्वनाम थिएटरका रंगकर्मी तथा प्रशिक्षक राज शाहले दर्शकहरूको संख्या बढ्न थालेको बताए। उनले भने, ‘लकडाउनको वेलामा नाट्य क्षेत्र ठप्प थियो। हामीले उक्त समयमा नाटक क्रियसनको काम चाहिँ गर्याैँ, तर दर्शकहरूले हेर्न पाउनुभएको थिएन। अब भने उहाँहरूको पखाइसकिएको छ। हलहरूमा दर्शकको उपस्थिति पनि बढ्दै छ।’ उनले राम्रो नाटक हेर्न आउनेको भिडभाड बढ्ने गरेको जानकारी दिए।

नाटक क्षेत्रमा चहलपहल बढ्न थाले पनि चलचित्र क्षेत्रमा भने अझै निराशा छ। सिनेमा घरहरूका अनुसार अहिले पनि सिनेमा हलमा दर्शकको आकर्षण छैन। चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानका अनुसार लामो समय बन्द भएका सिनेमा हल खुले पनि पछिल्लो समय राम्रो फिल्म निर्माण नभएकाले दर्शकको संख्या घटेको हो। ‘अहिले राम्रो फिल्म नै बनेको छैन। हल त खुले, तर व्यवसाय सुख्खा छ,’ उनले भने, ‘तिहारपछि नयाँनयाँ फिल्महरू आए भने दर्शकको संख्या बढ्नेछ।’ लामो समय सिनेमा हल बन्द भएकोले दर्शकको फिल्म हेर्ने रुचिमा पनि त्यसको असर परेको उनको भनाइ छ। अब दर्शकलाई हलसम्म तान्न सक्ने फिल्म निर्माण गर्नुपर्ने उनले बताए।

निषेधाज्ञा खुलेसँगै होटेल व्यवसायी भने खुसी छन्। ठमेलका होटेल व्यवसायी दीपक खनालले निषेधाज्ञा हटेपछि होटेल व्यवसायमा केही उत्साह बढेको बताए। उनले पर्यटकमा निर्भर रहेका ठमेलका होटेलहरूमा अहिले चहलपहल बढेको जानकारी दिए। उनले भने, ‘करिब २० महिना होटेल व्यवसाय डुब्यो। भाडा तिर्ने रकमसमेत भएन, अब चाहिँ केही आशा जागेको छ।’ पर्यटकको संख्या बढ्न सके व्यवसाय पहिलेकै अवस्थामा फर्किनेमा उनी आशावादी देखिन्छन्।

बजार खुलेसँगै व्यवसायमा सहजता भएको पार्टी प्यालेस सञ्चालकहरूको भनाइ छ। ‘लामो समय व्यवसाय बन्द हुँदा भाडा तिर्नसमेत ऋण खोज्नुपर्यो। कोरोना महामारीले लाखौँ क्षति गर्यो,’ ललितपुरको महालक्ष्मीस्थित डिलाइट पार्टी प्यालेसका चेतनाथ बजगाईले भने, ‘अब भने व्यवसाय लयमा फर्कने अनुमान गरेका छौँ।’ उनले सरकारले अन्य व्यवसायलाई कोरोना संक्रमणकै अवस्थामा पनि सहज बनाए पनि पार्टी प्यालेस र होटेलहरूलाई भने कडिकडाउ गरेका कारण निकै घाटा व्यहोर्नुपरेको बताए।

ad
ad