१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका सोलुखुम्बु
२o८१ बैशाख २१ शुक्रबार १५:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भौतिक संरचना व्यवस्थित भए मात्रै प्रहरीलाई काम गर्न सहज हुन्छ : आइजिपी क्षेत्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:४४:oo

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी संगठनबाट सम्पादित कार्य न्यायोचित, कानुनसम्मत र विवेकपूर्ण हुनुपर्ने बताएका छन्। उनले शुक्रबार सोलुखुम्बुस्थित इलाका प्रहरी कार्यालय नाम्चे परिसरमा नवनिर्मित प्रहरी कार्यालयको उद्‍घाटन गर्दै प्रहरी संगठन समाज र न्यायप्रति थप जिम्मेवार हुनुपर्ने बताए।

कार्यक्रममा उनले पहिलोपटक सगरमाथा आरोहण गर्ने आरोहण दलका सदस्य ९४ वर्षीय कान्छा शेर्पालाई अभिनन्दन गरे। ‘आवश्यकता र सुरक्षा मापदण्ड हुने र नागरिकको सुरक्षामा प्रहरी जिम्मेवार बन्नुपर्छ,’ उनले भने, ‘हरप्रहर ड्युटीमा तैनाथ रहने प्रहरी कर्मचारीहरूलाई सुविधासम्पन्न कार्यालय र आवासको व्यवस्था गर्ने कार्यलाई संगठनले उच्च प्राथमिकतामा राखेको छ।’ 

आइजिपी क्षेत्रीले भौतिक संरचनाहरू व्यवस्थित र गुणस्तरीय हुँदा त्यसले कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पार्ने बताए। ‘प्रहरीहरूको बसाइ सहज र व्यवस्थित हुने तथा सेवाग्राहीहरूको सेवा प्राप्तिमा समेत सहजीकरण हुने विश्वास लिएको छु,’ उनले भने, ‘अपराधहरू रोकथामका लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्य अत्यन्त महत्वपूर्ण रहन्छ।’ उनले अवैध चोरी निकासी पैठारीको विषयमा पनि प्रहरी र समाज उत्तिकै सजग र सचेत रहनुपर्ने बताए।

ad
ad