१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १५:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेमौसमी वर्षाले अवरुद्ध बेंसीसहर–चामे सडक सुचारु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२६:oo

बेमौसमी वर्षाका कारण अवरुद्ध बेंसीसहर–चामे सडक सुचारु भएको छ। कात्तिक २ गतेदेखि अविरल वर्षाले बेंसीसहर–चामे सडकको विभिन्न ठाउँमा पहिरो जाँदा बेंसीसहर–चामे सडक  अवरुद्ध भएको थियोे।

तिमाङ झरनामा पुल निर्माण भएपछि मनाङभरि सडक  सुचारु भएको छ। तिमाङ झरनाको पुल मर्मत सम्पन्न भएसँगै बेंसीसहर–चामे–खाङसार सडक पूर्ण रूपमा सुचारु भएको जिल्ला प्रसाशन कार्यालय मनाङले जनएको छ। जिल्लास्थित  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधिले बाटो खुलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

बेंसीसहर–चामे–खाङसार सडकखण्डमा रहेको दुईवटा अस्थायी काठेपुलसहित सानो ठूलो पहिरोका कारण विभिन्न १२ ठाउँमा क्षति पुगेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए। असार १ को बाढीले अवरुद्ध बेंसीसहर–चामे सडक चार महिनापछि सञ्चालनमा आएको थियो। उक्त सडक पुनः  कात्तिक २ गतेदेखि अवरुद्ध बनेको थियो।

६५ किलोमिटरको बेंसीसहर–चामे सडकखण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । सडक विभागले आ.व. ०५१–०५२ मा बेंसीसहर–चामे सडक निर्माण थालेको थियो। द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो। ०५२ मा निर्माण सुरु भएको सडक नेपाली सेनाले १९ वर्ष लगाएर ट्रयाक खोलेको थियो। यो सडक सेनाले ०६९ मा सडक विभागलाई हस्तान्तरण गरेयता स्तरवृद्धि हुन सकेको छैन।