
चालू आर्थिक वर्ष ०८१/८२ को ११ महिनासम्म जीवन बिमा कम्पनीहरूले एक खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणमको तथ्यांकअनुसार जेठ मसान्तसम्म कम्पनीहरूले ३१ अर्ब ९८ करोड २४ लाख रुपैयाँ प्रथम बिमाशुल्क उठाएका छन् । हाल नेपालमा १४ ठुला र तीन लघु गरेर १७ जीवन बिमा कम्पनी छन् ।
समीक्षा अवधिमा जीवन बिमा कम्पनीहरूले संकलन गरेको कुल बिमाशुल्क १६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा उनीहरूले एक खर्ब ३३ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका थिए । हालसम्म जीवन बिमा कम्पनीहरूमा एक करोड ५४ लाख ९८ हजार सात सय एक सक्रिय बिमालेख छन् । समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ४१ अर्ब दुई करोड ४४ लाख बिमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेसनल लाइफ कम्पनीले १८ अर्ब ९० करोड ४६ लाख, तेस्रोमा एलआइसी नेपालले १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ बिमाशुल्क उठाएको छ ।
त्यसैगरी, हिमालयन लाइफले १५ अर्ब २२ करोड २० लाख, सूर्यज्योति लाइफले नौ अर्ब ४५ करोड ८१ लाख, राष्ट्रिय जीवन बिमा कम्पनीले नौ अर्ब ६४ लाख, एसियन लाइफले सात अर्ब ८६ करोड १२ लाख, सिटिजन लाइफले ६ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ, सानिमा लाइफले पाँच अर्ब ९० करोड २९ लाख र मेट लाइफले पाँच अर्ब ५४ करोड ५१ लााख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।
यसैगरी, आइएमई लाइफले चार अर्ब ७२ करोड १९ लाख, रिलायबल नेपाल लाइफले चार अर्ब ५५ करोड ७६ लाख, प्रभु महालक्ष्मी लाइफले चार अर्ब ५४ करोड ६६ लाख र सन नेपाल लाइफले तीन अर्ब ७३ करोड ८९ लाख बिमाशुल्क संकलन गरेका छन् । यस्तै, लघुबिमातर्फ गार्डियन माइक्रो लाइफले ४१ करोड ३६ लाख, क्रेस्ट माइक्रो लाइफले ३९ करोड ९४ लाख र लिबर्टी माइक्रो लाइफले २८ करोड ५० लाख बिमाशुल्क संकलन गरेका छन् ।
निर्जीवनमा ३९ अर्ब ८८ करोड संकलन
समीक्षा अवधिमा निर्जीवन बिमा कम्पनीहरूको बिमाशुल्क संकलन नौ प्रतिशतले बढेको छ । हाल नेपालमा १४ ठुला र चार लघु गरेर १८ निर्जीवन बिमा कम्पनी छन् । उनीहरूले गत आवको जेठ मसान्तसम्म ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका थिए । चालू आवको ११ महिनामा भने ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । समीक्षा अवधिमा उनीहरूले २९ लाख २६ हजार पाँच सय २९ वटा बिमालेख बिक्री गरेका छन् ।
निर्जीवनतर्फ धेरै बिमाशुल्क उठाउने शिखर इन्स्योरेन्सले पाँच अर्ब नौ करोड नौ लाख बिमाशुल्क संकलन गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चार अर्ब ५० करोड ३७ लाख, तेस्रोमा सिद्धार्थ प्रिमियरले तीन अर्ब ९० करोड ८८ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।
यसैगरी हिमालयन एभरेस्टले तीन अर्ब ५१ करोड ४५ लाख, आइजिआई प्रुडेन्सियलले तीन अर्ब ३९ करोड ३७ लाख, नेकोले दुई अर्ब ९५ करोड ८५ लाख, एलएलजीले दुई अर्ब ७४ करोड ३३ लाख, दी ओरिएन्टलले दुई अर्ब ४२ करोड ५३ लाख र युनाइटेड अजोडले दुई अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।
यस्तै, सानिमा जिआइसीले दुई अर्ब ३६ करोड तीन लाख, नेपाल इस्योरेन्सले एक अर्ब ८४ करोड ४२ लाख, प्रभुले एक अर्ब ५७ करोड ९५ लाख, राष्ट्रिय बिमा कम्पनीले एक अर्ब ३१ करोड ५० लाख र नेसनलले ९७ करोड ७६ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । यस्तै, लघुबिमातर्फ नेपाल माइक्रोले २३ करोड ७९ लाख, प्रोटेक्टिभ माइक्रोले २२ करोड १० लाख, स्टार माइक्रोले २० करोड १७ लाख र ट्रस्ट माइक्रोले १८ करोड ८७ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।