१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २२ आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २२ आइतबार o८:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्लानिङको सानदार सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २२ आइतबार o८:२३:oo

प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यू–१६ लिगमा सानदार सुरुवात गरेको छ । शनिबार भएको खेलमा प्लानिङले सातदोबाटो युथ क्लबलाई ४–० ले पराजित गर्‍यो । ७२औँ मिनेटमा आश्विन पौडेलले दोहोरो पहेँलो कार्ड व्यहोरेपछि सातदोबाटो १० खेलाडीमा सीमित भयो । त्यसैको फाइदा प्लानिङले उठाएको हो । 

प्लानिङलाई महत्वपूर्ण तीन अंक दिलाउन ओम खड्काले र रविन लुंगेली मगरले समान दुई गोल गरेका हुन् । योसँगै यसै वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उक्लिएको प्लानिङ गोलअन्तरका आधारमा शीर्ष स्थानमा उक्लिएको छ । 

शुक्रबार भएको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लबले अर्काे बढुवा भएको श्री भगवतीलाई २–१ तथा विभागीय टोली त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई ३–१ ले पराजित गरेको थियो । एन्फाको अनुसार फिफाको अनुदानमा आयोजना भएको लिगको करिब एक करोड अनुमानित खर्च हुनेछ । लिगमा सहिद स्मारक ए डिभिजन लिग खेल्ने १४ वटै क्लब सहभागी छन् । ९१ खेल हुँदा शीर्ष स्थानमा रहने टोलीले एक लाख पुरस्कार पाउनेछ । 

ओम र रविन नायक
प्लानिङको जितमा ओम र रविन नायक बनेका छन् । दुवैले समान दुई गोल गरेका हुन् । खेलको १३औँ मिनेटमा ओमले पेप्सिकोलाको टोलीलाई अग्रता दिलाएका हुन् । 

रविनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोल गरेको प्लानिङले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । ६०औँ मिनेटमा प्लेअयर अफ दी म्याच ओमले व्यक्तिगत दोस्रो गोल गरे । ६ मिनेटपछि नै रविनले चौथो गोल गर्दै टोलीलाई सहज जित दिलाएका हुन् । खेलमा दबाब बनाए पनि आश्विनले रातो 
कार्ड पाएपछि सातदोबाटो कमजोर बनेको थियो ।