१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल बंगलादेश बैंकद्वारा अस्पताललाई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o८:oo

नेपालमा कोभिड–१९ संक्रमण र यसबाट हुन सक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बंगलादेश बैंक लिमिटेडले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई औषधि सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ९० भायल रेम्डिसिभिर औषधि उपलब्ध गराएको हो । 

उक्त औषधि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अस्पतालका निर्देशक डा.अनुप बास्तोलालाई हस्तान्तरण गरेका हुन् । बैंकले कोभिड–१९ संक्रमणको उच्च जोखिमका वेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कार्यको सराहना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ । बंगगलादेशस्थित साझेदार बैंक आइएफआइसी बैंक लिमिटेडसँग मिलेर आर्थिक वर्ष २०७६/७७ मा पाँच हजार भायल तथा २०७८/७८ मा पनि पाँच हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोगस्वरूप प्रदान गरेको उल्लेख गरेको छ । 

हाल बैंकले एक सय शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ एटिएममार्फत  ‘सबैका लागि बैंक’ भन्ने मूल नारासहित बैंकिङ सुविधा दिँदै आएको जनाएको छ । 

ad
ad