१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
एजेन्सी
Invalid date format १५:३५:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

पाब्लो इस्कोबारपछिका कुख्यात ड्रग माफिया कोलम्बियामा पक्राउ 

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
Invalid date format १५:३५:oo

कोलम्बियाको ‘माेस्ट वान्टेड’ सूचीमा रहेका ड्रग तस्कर तथा कोलम्बियाको सबैभन्दा ठूलो आपराधिक संगठनका नाइके पक्राउ परेका छन्। डेरियो एन्टोनियो उसुगा उर्फ ओटोनियललाई कोलम्बियाका आर्मी, हवाई फौज र प्रहरीको सामूहिक अपरेसनमार्फत शनिबार पक्राउ गरिएको बिबिसीले जनाएको छ। 

कोलम्बिया सरकारले ओटोनियलबारे जानकारी दिनेलाई आठ हजार अमेरिकी डलर इनाम दिने घोषणा गरेको थियो। अमेरिकाले पनि उनको टाउकाको मूल्य पाँच मिलियन अमेरिकी डलर तोकेको थियो। 

कोलम्बियाका राष्ट्रपति इभान डुक्वेले उनको पक्राउको प्रशंसा गरेका छन्। ‘यसले ड्रग तस्कर गर्नेहरूका लागि यस शताब्दीकै सबैभन्दा ठूलो झट्का दिएको छ। यो कार्य सन् १९९० को दशकमा भएको पाब्लो इस्कोबारको पतनसँग मात्र तुलना गर्न लायक छ,’ राष्ट्रपति डुक्वेले भिडियो सन्देशमा भनेका छन्। ओटोनियललाई कोलम्बियाको उत्तरपश्चिम तथा पानामाको सिमानामा पर्ने एन्टिओकुवा प्रान्तको ग्रामीण क्षेत्रबाट पक्राउ गरिएको हो। घटनाको सबै जानकारी बाहिर आउन बाँकी नै रहे पनि सो अपरेसनमा एकजना प्रहरी अधिकृतको मृत्यु भएको पनि राष्ट्रपति डुक्वेले बताएका छन्। कोलम्बियाको आर्मीले हतकडी लगाइएको ओटोनियलको तस्बिर पनि सार्वजनिक गरेको छ। विगत केही वर्षयता ५० वर्षीय ओटोनियललाई पक्राउ गर्नका लागि निकै ठूला मिसनहरू चलाइएको थियो। तर, ती प्रयासहरू असफल भएका थिए। 

दश वर्षअगाडि आफ्ना दाजु प्रहरीद्वारा मारिएपछि उनी ‘गल्फ क्लान’ अर्थात् ‘उसुगा क्लान’का नेता बनेका थिए। ‘गल्फ क्लान’लाई कोलम्बिया सरकारले देशको सबैभन्दा ठूलो आपराधिक संगठनको दर्जामा राखेको छ। देशका अधिकांश प्रान्तहरूमा सक्रिय यस संगठन अन्तर्राष्ट्रिय रूपमा फैलिएको बताइएको छ। योे संगठन ड्रग तथा मानव तस्करी, अवैधानिक रूपमा सुन उत्खनन गर्नेजस्ता कार्यमा संलग्न हुँदै आएको छ। यससँग हतियारसहितका करिब १८ सय सदस्य रहेका छन्। यस संगठनमा आबद्ध भएकाहरू अर्जेन्टिना, ब्राजिल, होन्डुरस, पेरू तथा स्पेनबाट पनि पक्राउ परेका छन्। यसले कोलम्बियाबाट अमेरिका तथा रसियासम्म ड्रग तस्करी गर्ने गरेको छ। 

ओटोनियललाई अमेरिकामा कोकिन पठाएको, प्रहरी अधिकृतको हत्या गरेको तथा बालबालिकालाई आफ्नो संगठनमा भर्ती गराएकोजस्ता मुद्दाहरू लाग्नेछन्।