मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओलीको आरोप : पाँच दलीय गठबन्धन प्रतिगमनकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३४:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरूले देशलाई दिशाहीन अवस्थामा पुर्‍याउने प्रयास गरिरहेको आरोप लगाए। शनिबार देशभरका पार्टी वडा अधिवेशनहरूको भर्चुअल माध्यामबाट एकसाथ उद्घाटन गर्दै उनले ३ महिनाको अवधिमा सरकारले मुलुकलाई अराजकतातर्फ धलेकिरहेको दाबी गरे । 

उनले सत्तारुढ पाँच दलीय गठबन्धनले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पारेर प्रतिगामी शक्तिहरूको सेवा गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे। अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा सानदार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहोर्‍याउँदै सोहीअनुसार पार्टीको काममा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिए। एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरूको भ्रममा नपरी देश निर्माणको अभियानमा जुट्न पनि सिंगो पार्टीपंक्तिलाई आह्वान गरे ।