१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले कामको गति पक्रन सकेन : गगन थापा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्। पूर्वमन्त्रीसमेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्। नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाइदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए। 

 ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौँ। जसरी हामीले ००७ सालपछिको समय खेर फाल्यौँ। फेरि हामीले अब अर्को मौका खेर फाल्दै छौँ कि भन्ने डर लाग्न थालेको छ। यो वेला सम्हालिनुपर्नेछ,’ उनले भने, ‘हाम्राअगाडि केही मौकाहरू अहिले पनि छन्। एउटा हामीले माने पनि नमाने पनि भारत र चीन इकाेनोमीको केन्द्र बनेका छन्। त्यसको नजिकमा हामी छौँ। त्यहाँबाट नेपालले लाभ लिन सक्यो भने सक्यो, नत्र फेरि एकपटक मौका छुट्छ।’

कांग्रेस नेता थापाले विद्युत् खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे। उनले विद्युत् खपत बढाउने वेला आएको र त्यसका लागि सरकारले योजनाबद्ध सोच अगाडि ल्याउन ढिलाइ गर्न नहुने स्पष्ट पारे।