१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार १७:२३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

माएस्ट्रो एज ११० सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ४ बिहीबार १७:२३:००

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ। हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता जनरल मार्केटिङ प्राइभेट लिमिटेडले बिहीबार पत्रकार सम्मेलन गर्दै माएस्ट्रो एज ११० स्कुटर सार्वजनिक गरेको हो।

नयाँ माएस्ट्रो एज ११० ले पूर्ण रूपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटीसहित प्राविधिक रूपमा उन्नत सुविधाहरू उपलब्ध गराएको छ। यसमा टर्न–बाई–टर्न नेभिगेसन भएकाले सवारी चलाएर अगाडि बढ्दा महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भई कल अलर्टसमेत प्रदान गर्ने जनाइएको छ।

यो स्कुटर रातो र नीलो रंगमा आउनेछ। हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेडका अध्यक्ष अभिक ज्योतिले नयाँ फिचरसहितको यसप्रकारको स्कुटरलाई युवावर्गका उपभोक्ताले रुचाउने अपेक्षा लिएको बताए।

माएस्ट्रो एज ११० को मूल्य २ लाख १५ हजार रुपैयाँ रहेको छ। यसमा आई थ्री एस स्टार्ट स्टप सिस्टमले इन्धन बचत गर्न मद्दत गर्ने तथा बाहिरबाटै पेट्रोल हाल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ। त्यसैगरी, माएस्ट्रो एज ११० बी एस फोरअनुरूपको ११० सिसी इन्जिनद्वारा सञ्चालित रहेको र ७५०० आरपिएममा ८ बिएचपीको ऊर्जा प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ।