१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ७ आइतबार ०७:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिरो मोटोकर्पले ल्यायो नयाँ माएस्ट्रो एज ११०

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ७ आइतबार ०७:३३:००

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ । नेपालमा स्कुटर समूहमा आफ्नो उपस्थिति बलियो बनाउन तथा नेपाली ग्राहकका लागि नवीनतम प्रविधि उपलब्ध गराउने प्रतिबद्धताबमोजिम कम्पनीले नयाँ माएस्ट्रो एज ११० नेपालमा भित्र्याएको हो ।  यो स्कुटर नेपालका ग्राहकका लागि उपयुक्त डिजाइन रहेको कम्पनीको दाबी छ । यसले युवालाई ध्यानमा राख्दै उन्नत सौन्दर्य र आधुनिक प्रविधिको मेलमिलाप गरेको जनाइएको छ । 

यसमा वर्गकै पहिलो फर्स्ट इन सेग्मेन्ट एलइडी प्रोजेक्टर हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर, आई थ्री एस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न–बाइ–टर्न नेभिगेसनसहित नयाँ सार्पर डिजाइन रहेको कम्पनीले जनाएको छ । स्कुटर सार्वजनिक गर्दै हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले ग्राहकलाई केन्द्रबिन्दुमा राखेर नेपालका ग्राहकलाई नवीनतम प्रविधि र डिजाइनसहितको सान्दर्भिक उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।

यसले युवालाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको प्रतिज्ञासँग मेल राख्ने उनको दाबी छ । कम्पनीले यसको मूल्य दुई लाख १५ हजार रुपैयाँ तोकेको छ । नेपालमा हिरो मोटोकर्पको वितरक नेपाल जनरल मार्केटिङले ७५ डिलर, ८७ सर्भिस सेन्टर र ९० स्पेयर पार्टस् आउटलेटसहित देशभरका ९० वटा बिक्री केन्द्रमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रवाह गर्दै आएको जनाएको छ ।