१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १५:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मर्स्याङ्दीमा हाम फालेका एकजना बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३७:oo

मर्स्याङ्दी नदीमा एकजना बेपत्ता भएका छन्। मनाङको मनाङ ङिस्याङ गाउँपालिका– १ तल्लो पिसाङ भएर बग्ने मर्स्याङ्दी नदीमा  हाम फालेका एक पुरुष बेपत्ता भएका हुन्।

स्थायी घर ओखलढुंगा भई मनाङको पिसाङमा मजदुरी गर्दै आएका अन्दाजी ४२ वर्षका कर्णसिंह तामाङ मर्स्याङ्दी नदीमा बेपत्ता भएका मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले  बताए। उनका अनुसार तामाङ बिहीबार बिहान पौने ७ बजेतिर मर्स्याङ्दीमा हाम फालेकाे खबर स्थानीयले गरेका थिए।

घटनाबारे खबर पाएपछि सीमा प्रहरी चौकी हुम्डे र जिल्ला प्रहरी कार्यालयका प्रहरीले खोजीकार्य तीव्र पारेको डिएसपी खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।