१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
तस्बिर: बागलुङ नगरपालिका–६ पञ्चकोटबाट देखिने हिमाली दृश्य
२o८१ बैशाख १७ सोमबार १२:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गाउँ नै रमाइलो, ठाउँ नै रमाइलो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:o६:oo

भूगर्भशास्त्रमा स्नातक गरेका प्रदीप गौतमले आफूले पढेको विषयभन्दा फरक पाटो रोजे। उनी सम्बन्धित विषयमा काम गर्ने तयारीमा नै लागेनन्, आफ्नै गाउँमा केही गर्ने निधो गरे। बाग्लुङ नगरपालिका– ७  घर भएका गौतमले गाउँमा नै केही गर्ने सोच लिएर बाबुको साथ लिए। घरकै आँगनबाट धौलागिरि हिमालको सुन्दर दृश्य देखिने उनले नजिकै निर्माण हुन लागेको पञ्चकोटको आँगनमा व्यवसाय सञ्चालन गर्ने निधो गरे।

हिमालको काखवरिपरि सुन्दर बस्ती बाग्लुङ नगरपालिका– ६ भान्सा र सिमको गाउँ आफैँमा सुन्दर छ। विगत एक दशकअघि सुनसान रहेको उक्त गाउँमा अहिले दैनिक चहलपहल बढेको छ। भान्साको बस्तीको शिरमा रहेको पञ्चकोटको कारण पनि यो गाउँको महत्व बढ्दै गएको हो। गौतमले पनि पञ्चकोटनजिकै झन्डै ३० लाख रुपैयाँ लगानी गरेर रेस्टुरेन्ट सञ्चालनमा ल्याए। पञ्चकोट आउने पर्यटकका लागि राम्रो व्यवस्थाका लागि अर्गानिक खानाको व्यवस्थासहित उनले सेवा सञ्चालन गर्दै आएका छन्।

पञ्चकोटमा रहेका मानवनिर्मित विशाल मूर्ति र त्यहाँको प्राकृतिक दृश्य अवलोकन गर्न आउने पर्यटकका कारण कुनै समय सुनसान भान्सा क्षेत्रमा अहिले पर्यटकको चहलपहल देखिन्छ। पञ्चकोटमा पर्यटकीय संरचना निर्माण भएपछि यस क्षेत्रबाट बसाइँसराइसमेत रोकिएको छ। विगत दुई वर्षदेखि यस क्षेत्रमा झन्डै दुई दर्जन होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। ‘मैले बाहिर लगानी गर्ने वातावरण खोजेको थिएँ,’ गौतमले भने, ‘यहीँ पर्यटकीय संरचना बन्यो। रमणीय ठाउँ आफ्नै भूमि गाउँ नै रमाइलो लाग्यो। यहाँको ठाउँ नै रमाइलो लाग्यो। आफ्नै ठाउँमा केही गराैँ भनेर अहिले रेस्टुरेन्ट सञ्चालन गरेको छु। गाउँ र ठाउँ रमाइलो भएपछि लगानी गर्न अन्यत्र जानुपर्ने रहेनछ।’

पहिलेपहिले यहाँको घरजग्गा बेचेर तराई छिर्ने चलन भए पनि अहिले पञ्चकोटको चर्चा चुलिएपछि बसाइँ सर्ने क्रम रोकिएको उनले बताए।  विदेश र अन्य ठाउँमा लगानी गर्नुभन्दा युवा पुस्ताले आफ्नै गाउँमा पसल, खाजा–नास्ता तथा होटेल व्यवसाय सञ्चालन गर्न थालेको बाग्लुङ नगरपालिका– ६ का वडासचिव रुद्रबहादुर केसीले बताए।

मनोरम पञ्चकोट, बादलको घुम्टो हटेपछि आँखैअगाडि धौलागिरिसहित विभिन्न हिमशृंखलाको दृश्य देखिने यस क्षेत्रको विकास हुन थालेपछि स्थानीयहरू आफ्नै गाउँमा बस्न थालेका छन्। पञ्चकोट पर्यटकीय क्षेत्रको रूपमा विकास भएपछि भान्सा क्षेत्रमा आरसिसी घर बन्न थालेका छन्। कुनै दिन बाँझो जमिन गरी खाने व्यक्ति पाउन कठिन हुने भान्सा क्षेत्रको जग्गा अहिले घडेरीको रूपमा बिक्री हुन थालेको सचिव केसी बताउँछन्। पहिले दिउँसै चितुवा डुल्ने खरबारी पर्यटकीय क्षेत्र बनेपछि दैनिक हजारौँ पर्यटक पुग्ने गरेका छन्। 
 

ad
ad