मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ३ बुधबार १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारको सय दिन संविधानको रक्षा गर्नमा केन्द्रित : गृहमन्त्री खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार १८:१o:oo

गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकारको सय दिन संविधानको रक्षा र जनताको जीवनको रक्षा गर्नमा केन्द्रित भएको बताएका छन् । बुधवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाणले विगतको सरकारले राज्य कब्जाको शैली अपनाएकाे र संविधानकाे प्रतिकूलतामा उभिएको उल्लेख गर्दै वर्तमान सरकारले सय दिनमा संविधानको रक्षा र जनताको जीवनरक्षामा केन्द्रित भएको बताएका हुन्।

सरकार देशलाई एकदलीय कब्जाबाट मुक्त गराएर संघीय लोकतान्त्रिक गणतन्त्रमा फर्काएर ल्याउने र जनादेशलाई अगाडि बढाउने क्रममा रहेको उनले बताए। उनले भने, ‘संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने र राज्यलाई एकदलीय कब्जाबाट मुक्त गराएर पुनः संघीय लोकतान्त्रिक गणतन्त्रमा फर्काएर ल्याउने अनि जनताको जनादेशलाई अगाडि बढाउने क्रममा सरकार अगाडि बढेको छ।।’

गृहमन्त्री खाणले देशका विभिन्न ठाउँमा भएका डुबानका कारण किसानको धानबालीमा क्षति भएको तथ्यांक संकलन गरेर उनीहरूलाई राहत र सहयोग रकम उपलब्ध गराउने पनि बताए।