Skip This
वन्यजन्तुको आक्रमण रोक्न रणनीति आवश्यक : नेता साउद
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ३ बुधबार १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वन्यजन्तुको आक्रमण रोक्न रणनीति आवश्यक : नेता साउद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार १३:३७:oo

नेपाली कांग्रेसका नेता एनपी साउदले वन्यजन्तुको आक्रमण रोकथामका लागि सरकारको रणनीति आवश्यक रहेको बताएका छन्। उनले वन्यजन्तुको आक्रमण रोकथामका लागि वन सीमावर्ती क्षेत्रका बासिन्दाको सुरक्षाका लागि रणनीति आवश्यक रहेको औँल्याएका हुन्।

‘सुदूरपश्चिम र देशभरि वन्यजन्तुहरूबाट भइरहेको सांघातिक आक्रमण रोक्नका लागि सरकारले वन सीमावर्ती क्षेत्रका जनताको सम्पत्ति र सुरक्षाको आवश्यक रणनीति तय गर्न जरुरी भएको छ,’ नेता साउदले सामाजिक सञ्जालमा भनेका छन्, ‘सरकारबाट पीडित परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दछु।’

बुधबार बिहान मात्रै उनको गृहजिल्ला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ वसन्तपुरमा जंगली हात्तीको आक्रमणबाट ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी ४५ वर्षीया धर्मपत्नी मथुरा कार्कीको मृत्यु भएको थियो। सोही विषयलाई लिएर उनले यस्तो प्रतिक्रिया दिएका हुन।