मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेमौसमी वर्षाले प्रभावित किसानलाई तत्काल राहत प्याकेज घोषणा गर्न एमालेको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५८:oo

प्रमुख प्रतिपक्षी दल एमालेले बेमौसमी वर्षाले प्रभावित किसानलाई तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार प्रेस वक्तव्य जारी गरी भनेका छन्, ‘वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्न बाध्य किसान दाजुभाइहरूको पीडाप्रति एमाले समानुभूति व्यक्त गर्दछ । वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछु ।’

विपत्तिहरूको पूर्वजानकारी पाउने व्यवस्था सुनिश्चित गर्न पनि एमालेले सरकारसँग माग गरेको छ । अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरू र संकटमा परेका पर्यटकहरूको तत्काल उद्धार गर्न पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।