बाढी, पहिरो र डुबान प्रभावितको उद्धार र राहतको व्यवस्था गर्न कांग्रेस नेता सिंहको माग

मंगलबार, २ कार्तिक, २०७८
डिजिटल संस्करण

कांग्रेस नेता प्रकाशमान सिंहले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सिंहले सुदूरपश्चिमलगायत विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण प्रभावित बनेकाहरूलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन्। उनले राहत र उद्धारमा सहयोग गर्न देशभरका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरेका छन्। 

केही दिनदेखि देशभरको मौसममा बदलाव देखिएको छ। अविरल वर्षाका कारण खेतीबाली नष्ट भएका छन् भने कैयौँ स्थान डुबानमा परेका छन्।

सुझावित समाचार