मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुहम्मद दिवसमा प्रधानमन्त्रीको सन्देश– आपसी भाइचारा र सदभाव अभिवृद्धि हुने विश्वास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o७:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले मुहम्मद दिवसले आपसी भाइचारा र सदभाव अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्। दिवसका अवसरमा आज शुभकामना जारी गर्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा व्यक्त गरेका हुन्।

नेपालसहित विश्वभरका मुस्लिम धर्मावलम्बीहरूको धर्म प्रवर्तक हजरत मुहम्मद सल्लल्लाहो अलैहो वो सल्लमको जन्मदिनमा मुहम्मदजयन्ती (मुहम्मद दिवस) मनाउने गरिन्छ। 

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर मनाउन अनुरोध गरेका छन। ‘यस दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने तथा सबै समुदायहरूबीच आपसी भाइचारा र सदभाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस्‌ भन्ने कामना गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ।  

सरकारले आज मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदासमेत घोषणा गरेको छ।