मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ३१ आइतबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ३१ आइतबार १५:o५:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

एनआरएनएको कार्यकाल छ महिना थपियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ३१ आइतबार १५:o५:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यकाल ६ महिना थप गरिएको छ। एनआरएनएको शनिबार भएको भर्चुअल बैठकले विधानबमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो ।

एनआरएनएको यथाशीघ्र छ महिनाभित्र अधिवेशन गर्ने गरी कार्यकाल थप गरिएको संस्थाका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए। विधानअनुसार कार्यसमितिको कार्यकाल एकपटकका लागि मात्रै छ महिना अवधि थप्न सकिने व्यवस्था छ । बैठकले एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचनको माहाेल बनाउने जिम्मा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र अध्यक्ष पन्तलाई दिएको छ।
 
एनआरएनएको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संस्थाको निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो। मन्त्रालयको पत्रबमोजिम २३ देखि २५ अक्टोबरका लागि तय गरिएको १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो।
 
बैठकले महाधिवेशन प्रतिनिधिका विषयमा आएका गुनासो सम्बोधन गर्न एक स्वतन्त्र समिति गठन गर्ने निर्णय पनि गरेको छ। एनआरएनएको अध्यक्ष पदको लागि कुल आचार्य, रविना थापा र डा. बद्री केसीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।