मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Friday, 14 August, 2026
फाइल फोटो।
२o७८ असोज २८ बिहीबार १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१९ हजार बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २८ बिहीबार १८:o२:oo

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा नवरात्रको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन्। नवरात्रीको अन्तिम दिन आजसम्म १९ हजार ७५० भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकीले जनाएको छ।

नेपालका दार्चुला जिल्लादेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेकाे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। नवरात्रको पहिलो दिनदेखि नौ दिनसम्म अर्थात् टीकाको अघिल्लो दिनसम्ममा पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीको घुइँचो लाग्ने गरेको छ।

नवरात्रको पहिलो दिन अर्थात् बुधबार २५०,बिहीबार ८२५, शुक्रबार एक हजार ६५५, शनिबार छ हजार २५, आइतबार एक हजार १९५, सोमबार दुई हजार, मंगलबार दुई हजार दुई सय र आज एक हजार एक सय तीर्थयात्रीले पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकीका प्रहरी इन्चार्ज लोकबहादुर थापाले जानकारी दिए।

कोरोनाको कारणले नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो। तर, गत महिनादेखि मात्र पाथीभरा क्षेत्र विकास समितिले मन्दिर खुला गरेको हो। पाथीभरा दर्शन गर्न खुला भएसँगै तीर्थयात्रीहरूको चहलपहल बढ्न थालेको छ। पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीहरूको भिडभाड बढेसँगै यातायाता व्यवसायी, होटल व्यवसायी र तीर्थयात्री, सहयोगीहरू उत्साहित भएका छन्। रासस