मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
तस्बिर : विश्वविद्यालयको फेसबुक पेजबाट।
Invalid date format १४:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१७:oo

मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयले आपसमा शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने उद्देश्यले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्। भारतको पञ्जाबमा मंगलबार आयोजित कार्यक्रममा  मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका सहकुलपति प्रा.डा आरएस बाबले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 

हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म समझदारीपत्र लागू हुनेछ। सम्झौतापछि दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, संकाय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, परिवर्तनकारी पहल, सांस्कृतिक र प्रासंगिक विकास मोडेल विस्तारका साथै द्विपक्षीय सम्बन्धलाई बढावा दिने बताएका छन्। 

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले समझदारीले विश्वव्यापी आवश्यकताहरूको सामना गर्न २१औँ शताब्दीका लागि उपर्युक्त मानव संशाधन तयार गर्न अवसर सिर्जना गर्ने बताए । हस्ताक्षर समारोहमा दुवै विश्वविद्यालयका उच्च पदाधिकारी, प्राध्यापकहरूको सहभागिता थियो ।