मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २५ सोमबार १२:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनोज गजुरेलले गरे विवाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २५ सोमबार १२:३९:oo

कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनी र मञ्जु पोखरेल वैवाहिक सम्बन्धमा जोडिएको गजुरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। पोखरेल  न्याय सेवाकी अधिकृत हुन्। उनी र पोखरेलबीच डोलेश्वर मन्दिरमा आज परिवारको उपस्थितिमा विवाह भएको हो। विवाहपछि सपरिवार मानव सेवा आश्रम (कौशलटार)मा पुगेर उनीहरूले त्यहाँ रहेका वृद्धवृद्धालाई खाना खुवाएका थिए। 

‘नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो। विस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ,’ उनले आफ्नो विवाहबारे भनेका छन्। यसमा आफ्ना छोराछोरीको पनि सहमति रहेको उनले बताएका छन्। गजुरेलको चार वर्षअघि सम्बन्धविच्छेद भएको थियो। 
जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वाभाविक भएको उनले बताएका छन्। उनले आफ्नो व्यक्तिगत जीवनबारे काल्पनिक समाचार नलेखिदिनसमेत आग्रह गरेका छन्।

‘सम्पूर्ण मिडियाकर्मी साथीहरूलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला। मञ्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला। हाम्रा सन्तानको सुख र शान्तिका लागि परपीडक ट्रोल र भिडियो नबनाइदिनु होला,’ गजुरेलले भनेका छन्।