१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

पत्रकार सुवेदी ‘बेस्ट म्युजिक अवार्ड’बाट पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:o६:oo

चलचित्र पत्रकारितामा सक्रिय लक्ष्मण सुवेदी नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१ मा उत्कृष्ट पत्रकारिता पुरस्कार (छापा) बाट पुरस्कृत भएका छन् । श्री तुल्सी मिडियाले आयोजना गरेको नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१ मा उनी उत्कृष्ट पत्रकारिता–२०२० (छापा) पुरस्कारबाट सम्मानित भएका हुन् । 

पुरस्कार वितरण कार्यक्रम चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा उनले पत्रकार सुवेदीले दुई दशकदेखि पत्रकारितामार्फत निरन्तर नेपाली चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको बाताए । 

सो अवसरमा गीत–संगीतसम्बन्धी विभिन्न ३५ विधामा अवार्ड प्रदान गरिएको थियो । सोही कार्यक्रममा अनलाइन पत्रकारिता पुरस्कारद्वारा पत्रकार कुवेर गिरी र रेडियो पत्रकारितामार्फत रमेश बस्नेत पुरस्कृत भएका थिए । 
 

ad
ad