मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २३ शनिबार १२:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रतिनिधिमण्डल र भाजपा महासचिवबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २३ शनिबार १२:५८:००

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टी (भाजपा)का महासचिव अरुण सिंहसहित वरिष्ठ नेताहरूसँग भेटवार्ता सम्पन्न भएको छ। सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले भ्रमणको दोस्रो दिन भाजपा मुख्यालयमा भेटवार्ता गरेको हो । 

सहमहामन्त्री महतका अनुसार भेटवार्ताका क्रममा दुई पार्टीका वर्तमान र भावी कार्यक्रमका बारेमा एकआपसमा जानकारी आदान–प्रदान भएको थियो । भेटमा दुई पार्टीहरूको बीचमा आपसी सम्बन्ध अभिवृद्धि गरेर जनस्तरको सम्बन्ध झन् मजबुत बनाउने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।  

वार्तामा नेपाल–भारत सम्बन्धलाई अझ विकसित र सुमधुर बनाउन समय–समयमा देखापर्ने समस्याहरूलाई शीघ्र समाधान गर्नुपर्ने विषयमा समान धारणा बनेको महतको भनाइ छ ।