१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१७:oo

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्रीले राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। 

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीले नियमित भेटघाटअन्तर्गत राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार पौने ११ बजेदेखि ४५ मिनेट भेटवार्ता भएको हो।

‘नियमित भेटअन्तर्गत भेटवार्ता भएको हो। करिब ४५ मिनेट भेटघाट भयो,’ उनले नयाँ पत्रिकासँग भने। प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा छलफल गरेको बताइएको छ।