१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १९ मंगलबार १२:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरी भएका २१ मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १९ मंगलबार १२:३१:००

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएकामध्ये २१ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। हस्तान्तरण गरिएका २४ मध्ये १० वटा मोटरसाइकल र ११ वटा स्कुटर रहेका छन्।

ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले खोजतलास गरी विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरू महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको उल्लेख गर्दै भट्टराईले सवारीसाधन हराउनै नदिन धनीसमेत विशेष सजग हुनुपर्नेमा जोड दिए।

 ‘विशेष गरी स्कुटरको सवारी दर्ता किताब (बिलबुक) डिकीमै राख्ने चलन रहेको हुन्छ। चोरीपश्चात् नम्बर प्लेटसमेत परिवर्तन नगरी ट्राफिक चेकिङमा सोही ब्लुबुक देखाउने गरेकोसमेत पाइएको छ। कतिपय अवस्थामा चाबीसहित स्कुटरहरू हराउने गरेको धनीले जानकारी दिने गरेका छन्,’ हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले भने।

महाशाखाले पछिल्लो समय सवारीसाधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन सादा पोसाकमा थप ट्राफिक प्रहरी परिचालन गरेको छ। यस आर्थिक वर्षमा हराएका तीन सय २६ मोटरसाइकलमध्ये एक सय ४६ मोटरसाइकल नियन्त्रणमा लिएको छ। एक सय ४६ मध्ये एक सय २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको र अन्य २४ वटाको धनी पत्ता लगाउने कार्य भइरहेको महाशाखाले जनाएको छ।