
दसैँ–तिहारलगायत चाडबाडलाई स्वागत गर्ने क्रममा काइट्स नेपालले सोमबार चंगा चेट प्रतियोगिता आयोजना गरेको छ । ललितपुरको झम्सीखेलमा आयोजना गरेको उक्त कार्यक्रममा नौ समूहबाट २७ प्रतियोगी सहभागी थिए।
प्रतियोगिता काइट्स नेपालको समूहले जितेको छ । प्रतियोगितामा विजयी भएबापत पाएकोे २५ हजार नगद उनीहरूले रकम फस्ट रनर अप समूहलाई आधा बाँडेका छन् । उक्त कार्यक्रममा पप गायक नवीन के भट्टराई, ब्लगर सिसन बानियाँलगायतको उपस्थिति थियो ।