मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज १८ सोमबार ०८:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी दिवसको अवसरमा लमजुङमा रक्तदान कार्यक्रम आयोजना

Read Time : < 1 मिनेट
२०७८ असोज १८ सोमबार ०८:४१:००

६६औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजना तथा जिल्ला अस्पताल लमजुङ, नेपाल रेडक्रस सोसाइटी लमजुङ–चितवन र लमजुङ उद्योग वाणिज्य संघ बेंसीसहर इकाइको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । 

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय नागरिक गरी ७४ जनाले रक्तदान गरेको बताए । ६६औँ प्रहरी दिवसको अवसरमा लमजुङ प्रहरीले विभिन्न कार्यक्रमहरू आयोजना गर्ने भएको छ । 

प्रहरीले दिवसकै अवसरमा रक्तदान, वृक्षरोपण र तपाईंको मास्क खोइ अभियान सञ्चालन गरिसकेको छ । दिवसकै अवसरमा दौड प्रतियोगिता, जिल्ला प्रहरी कार्यालयमा स्वास्थ्य शिविर, सार्वजनिक महत्वका धार्मिक स्थलहरूको सरसफाइ गर्ने र पाउदीमा रहेको सर्वोदय सेवाआश्रममा खाद्यान्न वितरणलगायतका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।