१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३९:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

साताको सेयर बजार : २६ अर्ब बढीको कारोबार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो। सातामा पाँच दिन सेयर कारोबार भए । त्यसमा चार दिन नेप्से परिसूचक ओरालो लाग्यो भने एक दिन मात्रै उकालो यात्रा तय गर्यो।

झन्डै तीन हजार ३०० बिन्दुनजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ६०० मा ओर्लेको छ। पछिल्ला दिनमा लगानीकर्ताको मनोविज्ञानमा पनि केही नकारात्मक प्रभाव परेको टिप्पणी पनि सुनिएको छ। यस्तै, नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको सीमा, बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा व्याजदरमा भएको वृद्धिका कारण पनि सेयर बजारमा केही न केही प्रभाव परेको देखिन्छ।

एकाध मानिसले ठूलो परिमाणमा सेयर कर्जा लिएको तथ्य पनि सार्वजनिक भएको छ । यस्तै, लगानीकर्ताका केही संघ तथा संगठनले आन्दोलनका कार्यक्रम जारी राखेका कारण बजारले सोचेजति गति लिन नसकेको देखिन्छ। साताभर कुल २३३ कम्पनीको सेयर कारोबार भयो। साताभर कुल पाँच करोड ५२ लाख २२ हजार ६५७ कित्ता सेयर रु २६ अर्ब नौ करोड ५१ लाख ६३ हजार ६५४ मूल्यमा खरिद बिक्री भए।

सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा उच्च अंकले घट्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार त्यस दिन नेप्से परिसूचक ६१.२७ बिन्दुले घटेर दुई हजार ७५८.४८ मा ओर्लियो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७० बिन्दुले घटेर ५१९.३६ मा सीमित भयो। कुल २३३ कम्पनीको एक करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर रु ६ अर्ब ५० करोड एक लाख १७ हजार ७८० मा खरिद बिक्री भए। त्यसदिनको कारोबारपछि बजार पुँजीकरण रु ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजारको हाराहारीमा ओर्लियो।

सोमबार नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो। त्यसदिन नेप्से परिसूचक ७३.०५ अंकले ओरालो लागेर दुई हजार ६८५.४१ मा ओर्लियो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६.३३ मा सीमित भयो। कुल २२७ कम्पनीको एक करोड चार लाख ७८ हजार ६८ कित्ता सेयर रु पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ मा खरिद बिक्री भए। सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख ९० हजारबराबर पुगेको थियो। त्यसदिन १३ वटै उपसमूहको सेयर ओरालो लाग्यो।

मंगलबार नेप्सेमा पहिरो लाग्यो भने बजार पुँजीकरण पनि घट्यो। त्यसदिन नेप्से ओरालो लागेर दुई हजार ६१५.४० मा ओर्लियो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.४२ अंकले घटेर ४९४.९१ मा ओर्लियो। कुल २१८ कम्पनीको एक करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर रु पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ मा खरिद बिक्री भए। मंगलबारको कारोबारपछि बजार पुँजीकरणसमेत घटेर रु ३६ खर्ब ६१ अर्ब चार करोड ९८ लाख ७० हजारको हाराहारीमा पुग्यो। त्यसदिन कारोबार भएका १३ वटै उपसमूहको सेयर ओरालो लाग्यो। 

बुधबार नेप्से परिसूचक ५०.५८ अंकले उकालो लागेर दुई हजार ६६५.९३ मा पुग्यो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५८ अंकले उकालो लागेर ५०३.४६ मा पुग्यो । नेप्से उकालो लागे पनि कारोबार रकम भने उकालो लागेन। कुल २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर रु पाँच अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ मा खरिद बिक्री भए। बुधबारको कारोबारपछि बजार पुँजीकरण रु ३७ खर्ब ३१ अर्ब ८४ करोड ८१ लाख ६० हजारको हाराहारीमा पुग्यो। 

त्यस्तै, साताको अन्तिम दिन बिहीबार नेप्सेमा ३२ अंकको गिरावट आयो। नेप्से परिसूचक ३२.५१ अंकले घटेर दुई हजार ६३३.४२ अंकमा पुग्यो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४१ अंकले घटेर ४९७.०५ अंकमा पुग्यो। नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि ओेरालो लागेको छ। कूल २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयर रु तीन अर्ब ७० करोड २९ हजार ५०७ मूल्यमा खरिद बिक्री भयो। कारोबार भएका १३ उपसमूहमध्ये त्यसदिन तीन उपसमूहको सेयर उकालो लाग्यो भने १० उपसमूहको सेयर ओरालो लाग्यो। सेयर कारोबार हुने साताको अन्तिम दिनमा आइपुग्दा बजार पुँजीकरण घटेर रु ३६ खर्ब ८६ अर्ब ३३ करोड आठ लाख ३० हजारको हाराहारीमा ओर्लियो। रासस