१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटारमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:o७:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्यका लागि बोलाएकाे सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाहेक संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरू सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

बैठकमा कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरूकाे सहभागिता रहेको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको र संसद् छलेर अध्यादेश फिर्ता लिएको भन्दै सरकारसँग रुष्ट हुँदै  आएको एमालेले सर्वदलीय बैठक पनि बहिष्कार गरेकाे छ ।