मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हेमन्त केसी जाजरकोट
२०७८ असोज १३ बुधबार १०:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकै ठाउँमा ६ पटक भत्कियो सडक : एक सातादेखि सदरमुकाममा यातायात सेवा ठप्प 

Read Time : < 1 मिनेट
२०७८ असोज १३ बुधबार १०:३६:००

जाजरकोट-डोल्पा सडकखण्डको सदरमुकाम खलंगामा एक सातादेखि सडक अवरुद्ध भएको छ । वर्षायाम सुरु भएसँगै बर्सेनि भत्किने सडकले हप्ता दिनदेखि समस्या बनाएको छ । बर्सेनि मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्च  मात्र भएको छ ।

थाप्ले, ठाँटीलगायतका ठाउँको ढल  सोही ठाउँमा जम्मा हुँदा सडक भत्कने मुख्य कारण बन्दै आएको छ । ‘माथि ठूलाठूला भवनहरू छन् । तल सडक भत्कँदै छ । स्थानीयवासी रेशम खड्काले भने, ‘हप्ता दिन बित्दासम्म सडक मर्मततर्फ ध्यान दिइएको छैन । गाउँमा लिने खाद्यान्नलगायतका अन्य सामग्रीहरू सडक नहुँदा लिन सकिएको छैन।’ 

सदरमुकाममै हप्ता दिनदेखि सडक अवरुद्ध हुनु र निर्माण ढिलासुस्ती हुँदा सर्वसाधारण मर्कामा परेका छन् । यो सडक दिगो बनाउन ढल विकास र नाला परिवर्तन गर्नुपर्ने स्थानीयवासी दीपबहादुर घर्तीले बताए । पछिल्लो समय खलंगा सदरमुकाम नै नहुने ठाउँमा बनाएको भन्दै चर्चा हुन थालेको छ । 

यो सडकका लागि अघिल्लो आर्थिक वर्षमा मात्र झन्डै २५ लाख खर्च भएको थियो । अहिलेसम्म मर्मत भएको रकम जोड्दा करोडमाथि पुगेको भेरी नगरपालिकाका प्राविधिकले बताएका छन् ।