मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
तस्बिर : एएफपी
एजेन्सी टोक्यो
Invalid date format १३:२९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको दाबी

Read Time : < 1 मिनेट
एजेन्सी टोक्यो
नयाँ पत्रिका टोक्यो
Invalid date format १३:२९:oo

उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ। समयसमयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जापान सरकारका एक अधिकारीका अनुसार उत्तर कोरियाले  हानेको उक्त क्षेप्यास्त्र पानीमा खसेको अनुमान गरिएको छ। जापानको एक आर्थिक क्षेत्रनजिकको समुद्रमा सो क्षेप्यास्त्र खसेको अनुमान गरिएको छ। तर, पनि अहिले नै सो ब्यालेस्टिक क्षेप्यास्त्र कति टाढासम्म मार हान्न सक्ने क्षमताको हो भन्नेबारेमा भने केही बताइएको छैन। 

यस क्षेप्यास्त्र परीक्षणबारे उत्तरले भने प्रारम्भिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन। उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ। केही समयअघि मात्र उसले जापानको समुद्रतर्फ अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो।