१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:२१:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

पद्मश्री साहित्य पुरस्कार दाहाललाई, आचार्यलाई पद्मश्री साधना सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२१:oo

२०७७ सालको पद्मश्री साहित्य पुरस्कार लेखक तथा राजनीतिक-सामाजिक अभियन्ता केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई अर्पण गर्ने निर्णय गरिएको छ ।

‘मोक्षभूमि’ उपन्यासमा लेखकले आजभन्दा झन्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरूको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन्, जहाँ युद्ध र अपराध, पाप र प्रायश्चित, प्रेम र यौन, सत्ता र सपना, स्वतन्त्रता र साधना, संघर्ष र मोक्षको कथालाई मोक्षभूमि नामक काल्पनिक परिवेश दिएर चित्रण गरिएको छ । 

त्यस्तै, पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम गीतसंगीत  तथा भजन गायनमा महत्वपूर्ण  योगदान पुर्‍याएका गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ । 

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशि  तीन-तीन लाख रहेको छ । वि.सं. २०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायकमण्डलले उत्कृष्ट ठहर्‍याएको  पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । त्यस्तै वि.सं. २०६७ सालदेखि साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस वर्ष विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।