१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o६:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिप : पुलिस र गलकोट शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:४७:oo

विभागीय टोली नेपाल पुलिस क्लब छैटौँ एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको शीर्ष स्थानमा रहेको छ । लिगमा लगातार दोस्रो जित निकालेर पुलिसले शीर्ष स्थान सुरक्षित बनाएको हो । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार पुलिसले मणिमुकन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पुलिससामु मणिमुकुन्द तीनवटै सेटमा कमजोर देखिँदा खेल २५–१४, २५–१५ र २५–१७ ले गुमायो । यसअघि पुलिसले पहिलो खेलमा दावाली मिलन क्लबलाई पनि सीधा सेटमा पाखा लगाएको थियो ।  प्रतियोगिताको पुरुषतर्फको समूह बीमा रहेको पुलिसले दुई खेलमा ६ अंक जोडेको छ । मणिमुकुन्दले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

गलकोट क्लबको लगातार दोस्रो जित
गल्कोट स्पोर्टस् क्लबले लगातार दोस्रो जित निकालेको छ । लगातार दुई खेलमा जित निकालेको गल्कोट समूह एको शीर्ष स्थानमा छ । गल्कोटले प्रदेश–२ माथि २५–२३, २५–२१ र २५–१८ को जित निकालेको हो । पहिलो खेलमा गल्कोटले बागमती प्रदेशलाई हराएको थियो ।  प्रतियोगिताको साविक विजेता हेल्प नेपाल र गण्डकी प्रदेशले जित हात पारेका छन् । हेल्प नेपालले बागमती प्रदेशलाई ३–० ले निराश पार्‍यो । एक पक्षीय खलमा हेल्पले बागमतीमाथि २५–१६, २५–१३ र २५–१२ को सेटमा जित निकालेको हो । अर्को खेलमा गण्डकी प्रदेशले दावाली मिलन क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । भारतीय खेलाडीसहित कोर्ट उत्रिएको गण्डकीले दावालीमाथि २५–१२, २५–२२, २०–२५ र २७–२५ ले हरायो । दावालीको यो लगातार दोस्रो हार हो । 

पहिलो दुई सेट गुमाएको दावालीले तेस्रो सेटमा पुनरागमन गरेको थियो । यस सेटमा दावालीले गण्डकीलाई २५–२० ले हरायो । यद्यपि चौथो सेटमा पनि दावालीले गण्डकीलाई चुनौती प्रस्तुत गर्‍यो । अर्को खेलमा नयाँ बजार सामाजिक युवा क्लबले कर्णाली प्रदेशमाथि २५–१८, २५–१९ र २५–२१ को सेटमा हरायो । ढोरपाटन स्पोर्टस् क्लब बुढानीलकण्ठ भलिबल क्लबलाई २५–१९, २५–२३ र २५–१५ को सेटमा पराजित गर्‍यो ।

नेपाल भलिबल संघको आयोजनामा सञ्चालन भइरहेकोे च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीले सहभागिता जनाइरहेका छन् । छैटौँ एनभिए पुरुष क्लब भलिबल महिला पुरुष विजेताले चार लाख र उपविजेताले दुई लाख पाउनेछन् । तेस्रो स्थानमा रहने टोलीले एक लाख लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले १० हजार रुपैयाँ पाउनेछन् । 

ad
ad