१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ११ सोमबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ११ सोमबार १७:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले देशलाई नै कालोसूचीमा पार्न खोजेको एमाले सांसद अधिकारीको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ११ सोमबार १७:o३:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले सरकारले आतंककारी कानुनसमेत आकर्षित हुने कानुन उल्लंघन गरेर देशलाई कालोसूचीमा पार्न खोजेको बताएका हुन्।

सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा लुटिएकाे करिब २१–२२ अर्ब कालोधनलाई वैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उनले अब सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको बताए ।

 ‘हुँदाहुँदा लुटिएका झन्डैझन्डै २१–२२ अर्ब अन्तर्राष्ट्रिय कानुनसमेत, आतंककारी कानुनसमेत आकर्षित हुने कानुन उल्लंघन गरेर यो देशलाई नै कालोसूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको छ,’ सांसद अधिकारीले भने ।

सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसद्लाई सुचारु गराउन पहल नगरेको तर्कसमेत गरेका छन् ।