Skip This
पर्यटन क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटन क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२८:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। ४२औँ विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सुरक्षित गन्तव्यको रूपमा थप विकास गर्न सरकार तयार रहेको बताएका हुन्।

शुभकामना सन्देशमा धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यावरणीय दृष्टिले विविधतापूर्ण नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु स्थापित गराउनु मुलुकको साझा लक्ष्य भएको उल्लेख गरिएको छ। 

प्रधानमन्त्री देउवाले नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको उल्लेख गरेका छन्। ‘पूर्वाधार विकास, नयाँ पर्यटकीय उपजको पहिचान, विकास र विस्तारका लागि निजी क्षेत्र र व्यवसायीलाई सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न नेपाल सरकार तयार रहेको छ,’ शुभकामना सन्देशमा भनिएको छ। 

४२औँ विश्व पर्यटन दिवस ‘समावेशी वृद्धिका लागि पर्यटन’ भन्ने नाराका साथ मनाइँदै छ।